७ कार्तिक २०८३, शनिबार

चरीकी प्रेमिका खुस्बु ओली लण्डनमा पीएचडी गर्ने तयारीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khusbu-oli

लन्डन, १ पुस । प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौंका ‘डन’ दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले लन्डनमा पिएचडी 
गर्ने भएकी छन् ।

चरीको हत्या लगत्तै प्रहरीले उनीमाथि समेत छानबिन सुरु गरेपछि लण्डन पुगेकी खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम 
एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने सोच बनाएकी लण्डनबाट संचालित वीनेपालीले जनाएको छ । यसअघि मास्टर्स गरेको युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर उनले 
प्राध्यापकहरुसँग छलफल गरिरहेको जनाइएको छ । उनले आगामी जनवरी इन्टेकबाट छात्रवृत्तिमै पढ्ने योजना बनाइरहेको श्रोतले उल्लेख गरेको छ ।

वी नेपालीका अनुसार, यसअघि ‘इन्टरनेशनल कन्फ्लिक्ट’ मा एमएससी गरेकाले आफ्नो पिएचडी विषय मिल्दोजुल्दो र जोखिमयुक्त रहेको खुश्वुले आफन्तसँग बताएकी छन् । ‘करिअर वाइज’ उक्त विषय उपयुक्त हुने भएर खुश्वुले जोखिम मोल्न लागेकी हुन् ।

मनिटरिङ एण्ड इभ्यालुएसन एनालिष्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेकी उनले पिस एण्ड कोर्प्स लगायत कयौं प्रोजेक्ट सम्हालिरहेकी छन् ।

पिएचडी गर्ने उद्देश्यबाहेक आफ्नो आश्रममा रहेका वालवालिकालाई ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’ मा सहभागिताका लागि नाम दर्ता गराउन लन्डन आएकी खुश्वुले ‘सेल्टर’ नामक वाल आश्रम चलाइरहेकी छन् । ५ देखि १८ वर्षका करिब पैंतिस असहाय वालवालिका छन् आश्रममा । आश्रमको नाम २०१४ बाटै सेल्टर परिवर्तन भएको हो । यसअघि ह्युमन वेलफेयर ग्रुप छंदा उपाध्यक्ष भएर काम गरेकी उनले मासिक करिब तीन लाख रुपैयां खर्च आफ्नै पकेटबाट धानिरहेको श्रोतले उल्लेख गरेको छ । उनका ४ छोरा र एक छोरी धर्मपुत्र पुत्रीका रुपमा छन् ।

सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन् ।