७ कार्तिक २०८३, शनिबार

२३ किलो अवैध सुन समातियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

दिनेश थापा

सिन्धुपाल्चोक, १ पुस । अवैध रुपमा काठमाडौं भित्राउन लागिएको २३ किलो सुन भक्तपुर प्रहरीले बरामद गरेको छ ।

तातोपानी भन्सारबाट शिलबन्दी भर्इ काठमाडौँ जाँदै गरेको ना २ ख ५०५८ नम्बरको कन्टेनरबाट भक्तपुरको जगाती प्रहरीले गएराति ११ बजे २३ किलो सुन बरामद गरेको हो । सिन्धुपाल्चोक र काभ्रेमा रहेको विभिन्न चेकपोष्ट पार गर्दै काठमार्डौ भित्रने क्रममा प्रहरीले सुन बरामद गरेको थियो । चालक बस्ने सिट नजिकै प्लास्टिक भित्र सुन राखिएको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो । कन्टेनरमा अरु पनि सुन हुने आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको छ । कन्टेनर शिलबन्दी भएकाले राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । निजी सवारी साधनमा यसअघि सुन तस्करी हुने गरेपनि भन्सारले शिलबन्दी गरेको कन्टेनरमा सुन बरामद भएको यो पहिलोपटक हो । सिन्धुपाल्चोक र काभ्रेले समात्न नसकेको सुन भक्तपुर प्रहरीले बरामद गरेपछि यतिबेला दुवै जिल्लाका प्रहरीमा हलचल सुरु भएको छ । राजमार्गमा रहेको प्रहरी कार्यालयहरुका प्रमुखलाई दुवै प्रहरी कार्यालयले स्पष्टीकरण सोध्ने तयारी भएको प्रहरी स्रोतको भनाइ छ ।