२९ आश्विन २०८३, बिहिबार

खोटाङ जिल्लाका उत्कृष्ट कृषक सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १ पुस । जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान  गरिएका छन् । दिक्तेलमा सोमबार सम्पन्न छैटौँ कृषक दिवस तथा बृहत् व्यावसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल–५ का रामकुमार राई, नेर्पा–६ का देवराज रिजाल र लामीडाँडा–५ का कुमार श्रेष्ठलाई सम्मान गरिएका हुन् ।

गाउँमा बसेर कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान पु¥याएकामा उनीहरुलाई जनही रु पाँच हजार र कदरपत्रका साथ सम्मान गरिएको हो ।

व्यावसायिक तरकारीखेतीका लागि राईलाई, सुन्तलाखेतीका लागि श्रेष्ठ र नर्सरी उत्पादनका लागि रिजाललाई सम्मान गरिएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

यस्तै अलैँचीका पिताका रुपमा परिचित बाँझेच्यानडाँडा–९ मबुका पर्खनबहादुर राईलाई विशेष सम्मान प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।

उत्कृष्ट किसानलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र स्थानीय विकास अधिकारी महेन्द्र सापकोटाले नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा आयोजना गरिएको दुईदिने कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा विभिन्न अन्नबाली विद्यामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल ४७ किसानलाई पुरस्कृत गरिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिस्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्न प्रदर्शनीको आयोजना गरिएको हो ।