लन्डन । दक्षिण अफ्रिकाकी २२ वर्षीया रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन् ।
विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन् ।
स्ट्रस आफैँ चिकित्सा विज्ञानकी छात्रा हुन् । मोडलिङका कारण्ँ अहिले उनले आफ्नो पढाइ स्थगित भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
हङगेरीकी इडिना कुल्सार दोस्रो र अमेरिकाकी एलिजावेथ साप्रिरट तेस्रोे भइन् । पहिलो मिस वल्र्ड ६३ वर्षअघि वेलायतमै आयोजना गरिएको थियो ।
आइतबार राति सम्मपन्न मिस वल्र्डमा नेपालका तर्फबाट मिस नेपाल सुविन लिम्बुले प्रतिनिधित्व गरेकी थिइन् ।
तर उनी पिपुल च्वाइस भोटिङमा उत्कृष्ट दशमा पर्न सफल भएकी थिइन् । पिपुल च्वाइसको उत्कृष्ट दशमा अष्ट्रेलिया, बारबाडोसर, हाइटी, भारत, नेपाल, नेदरल्याण्ड, फिलिपिन्स, दक्षिण अफ्रिका, तान्जिनिया र थाइल्याण्ड परेका थिए ।
प्रतियोगितामा १ सय २० देशका सुन्दरीहरुले सहभागिता जनाएका थिए ।













प्रतिक्रिया