काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा धर्मनिरपेक्षता कामय भएको विषयमा आफूलाई पत्तै नभएको बताएका छन् ।
उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत धर्मनिरपेक्षताको विषयमा विस्तृत जानकारी नभएको दाबी गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डल नेपाललाई धर्मनिरपेक्ष होइन, हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आइतबार बालुवाटार पुगेको थियो ।
प्रतिनिधि मण्डलका सदस्य राप्रपा नेपालका नेता मोहन श्रेष्ठका अनुसार प्रधानमन्त्रीले भने,‘हामी धार्मिक स्वतन्त्रताका पक्षपाति थियौं र छौं, गिरिजाबाबुको कुरा पनि त्यही थियो ।
धर्मनिरपेक्षताले कसरी प्रबेश पायो, हामीले पनि बुझ्न सकेनौं ।’
प्रधानमन्त्री कोइरालाले धर्म परिवर्तनका पक्षमा बेलायती राजदूत एन्ड्रयु स्पार्कले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले उनीसँग स्पष्टिकरण लिने जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
श्रेष्ठका अनुसार प्रधानमन्त्रीको भनाइ थियो, ‘मुलुकलाई धार्मिक, जातीय, समाम्प्रदायिक द्वन्द्वमा पारेर अफगानिस्तान बनाउनबाट हामी सबैले रोक्नुपर्छ । सरकार यसमा प्रतिबद्द छ ।’















प्रतिक्रिया