१ कार्तिक २०८३, शनिबार

धर्म परिवर्तनमा अभिव्यक्ति दिने बेलायती राजदूतसँग स्पष्टीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, २९ मंसिर । धर्म परिवर्तनका पक्षमा अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्सलाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ।

धर्म परिवर्तनका पक्षमा खुला अभियान चलाएपछि प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिएका हुन्।

कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभासद् डा शेखर कोइराला, डा प्रकाशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पाक्र्सको अभिव्यक्तिप्रति आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

स्पाक्र्सको अभिव्यक्तिले देशमा सरकार छ कि छैन, छ भने त्यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही प्रक्रिया अघि बढ्छ कि बढ्दैनु भन्दै सभासद्ले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए।

जबाफमा प्रधानमन्त्री कोइरालाले नेपालमा धर्म परिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भन्दै हिँड्ने राजदूत स्पाक्र्ससँग स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी दिएका थिए।