काठमाडौँ, २८ मंसिर । महाधिवेशन सकिएपछि पाँच महिनापछि नेकपा एमालेले पोलिटब्युरो सदस्यहरू चयन गरेको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकले आइतबार ६२ सदस्यीय पोलिटब्युरो सर्वसम्मत रूपमा चयन गरेको हो । सर्वसम्मत रूपमा चयन भएका ६२ पोलिटब्युरो सदस्यमध्ये ४७ पूर्ण र १५ बैकल्पिक पोलिटब्युरो सदस्य छन् । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँगको परामर्श र चरणबद्ध छलफलपछि पोलिटब्युरो सदस्यको नाम सिफारिस गर्नुभएको थियो ।
पार्टी अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी र पोलिटब्युरो सर्वसम्मत गठन गर्न सफल भएकामा खुशी व्यक्त गर्दे भन्नुभयो, “पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउने, जनतामा आशा र भरोसालाई वृद्धि गर्न सघाउँछ ।”
उहाँले पार्टीको एकताले राष्ट्रिय राजनीतिका चुनौती एवम् नयाँ संविधान निर्माणको अभिभारालाई सफलतापूर्वक बहन गर्न पार्टीलाई अझ सक्षम तुल्याउने विश्वास व्यक्त गर्नुभयो । सर्वसम्मत रूपमा चयन भएका पोलिटब्युरोका पूर्ण सदस्यहरू निम्नप्रकार छन् ः
क्र.स पोलिटब्युरोका पूर्ण सदस्य
१ केपी शर्मा ओली
२ झलनाथ खनाल
३ माधवकुमार नेपाल
४ बामदेव गौतम
५ विद्यादेवी भण्डारी
६ युवराज ज्ञवाली
७ अष्टलक्ष्मी शाक्य
८ भीम रावल
९ ईश्वर पोखरेल
१० विष्णुप्रसाद पौडेल
११ घनश्याम भूसाल
१२ प्रदीपकुमार ज्ञवाली
१३ पृथ्वीशुब्बा गुरुङ
१४ गोकर्ण विष्ट
१५ भीम आचार्य
१६ योगेश भट्टराई
१७ मुकुन्द न्यौपाने
१८ अग्नि खरेल
१९ अरूण नेपाल
२० काशीनाथ अधिकारी
२१ किरण गुरुङ
२२ गणेश लिमिल्सना
२३ गङ्गाधर तुलाधर
२४ छविलाल विश्वकर्मा
२५ थममाया थापा
२६ नागेन्द्र चौधरी
२७ प्रकाश ज्वाला
२८ प्रदीप नेपाल
२९ परशुमेघी गुरुङ
३० पशुपति चौलगाई
३१ विन्दा पाण्डे
३२ बेदुराम भूसाल
३३ भानुभक्त ढकाल
३४ महेन्द्र पाण्डे
३५ यामलाल कँडेल
३६ रघुजी पन्त
३७ राजेन्द्र पाण्डे
३८ राधा ज्ञवाली
३९ रामनाथ ढकाल
४० रामप्रित पासवान
४१ लालबाबु पण्डित
४२ डा विजय पौडेल
४३ विष्णु रिमाल
४४ शङ्कर पोखरेल
४५ सत्यनारायण मण्डल
४६ सुरेन्द्र पाण्डे
४७ श्रीमाया थकाली
क्र.स पोलिटब्युरोका बैकल्पिक सदस्यहरू:
१ कर्ण थापा
२ गोकुल घर्ती
३ गोरख बोगटी
४ गौरा प्रसाई
५ जगत विश्वकर्मा
६ जगन्नाथ खतिवडा
७ तुलबहादुर गुरुङ
८ दलबहादुर राना
९ बंशिधर मिश्र
१० भागवत विश्वासी
११ युवराज कार्की
१२ योगनारायण यादव
१३ शत्रुधन महतो
१४ शेरधन राई
१५ सानुकुमार श्रेष्ठ
पदाधिकारी बाहेक पार्टी अध्यक्ष ओलीनिकट पूर्ण पोलिटब्युरो सदस्य १६ र माधव नेपालनिकट १४ रहेका छन् भने बैकल्पिक पोलिटब्युरो सदस्यमा ओलीनिकट ९ र नेपालनिकट ६ रहेको बताइएको छ ।
को–को नयाँ छन् ?
एमालेको असार १९ देखि झन्डै एकहप्ताभन्दा बढी समय लगाएर सम्पन्न भएको नवौँ महाधिवेशनबाट विजयी भएका सदस्यहरूमध्ये नयाँ पूर्ण पोलिटब्युरो सदस्यमा लालबाबु पण्डित, परशुमेघी गुरुङ, विन्दा पाण्डे, रामनाथ ढकाल, डा. विजय पौडेल, अग्नी खरेल, रामप्रित पासवान, सत्यनारायण मण्डल, गणेश तिमिल्सिना रहेका छन् भने बैकल्पिक पोलिटब्युरो सदस्य १५ जना नै नयाँ हुन् ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २१ सदस्यीय स्थायी कमिटी सर्वसम्मतरूपमा स्थायी कमिटी चयन गरेको थियो । स्थायी कमिटीमा पदाधिकारी १६ जना, पदाधिकारीका पदेन सदस्य अमृतकुमार बोहरा सर्वसम्मत चयन भएका हुन् ।
तीन स्थायी कमिटी सदस्यका भने चयन हुन बाँकी छ । ती सदस्यहरूमा पनि सुरेन्द्र पाण्डे र शङ्कर पोखरेलको नाम लगभग पक्का भएको र सम्भावितमा छविलाल विश्वकर्मा, लालबाबु पण्डित र किरण गुरुङ् रहेका छन् । तीन सदस्य बाँकी रहेका स्थायी कमिटी सदस्य पनि सर्वसम्मत चयन हुने पार्टीले जनाएको छ भने अर्को केन्द्रीय कमिटी बैठक पुस १ गते बस्नेछ । रासस
















प्रतिक्रिया