विराटनगर, २८ मंसिर । नेपालस्थित बेलायती राजदूतले क्रिश्चियन धर्म प्रचारको पक्षमा वकालत गरेपछि विराटनगरमा उनको पुत्ला जलाइएको छ ।
स्वधर्म संस्कृति संरक्षण समिति नेपाल विराटनगर शाखाले धर्मपरिवर्तनको सम्बन्धमा बोलेको भन्दै वेलायती राजदूत एन्डी स्पाक्सको पुत्ला आइतबार महेन्द्रचोकमा जलाएको हो ।
संविधान निर्माणको क्रममा धर्म परवर्तन गर्न चाहनेलाई खुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै राजदूत स्पाक्सको पुत्ला जलाएको अभियान मोरङका सदस्य रामानुज नेपालले बताउनुभयो । कूटनीतिक मर्यादा र अधिकारको बेवास्ता गरी राजदूत स्पाक्सले गरेको क्रियाकलापको प्रदर्शनकारीहरुले घोर भत्र्सनासमेत गरेका थिए ।
















प्रतिक्रिया