७ कार्तिक २०८३, शनिबार

सहमति नभए दुई तिहाइबाट संविधानः सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

menendra-1विराटनगर, २८ मंसिर । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले दुई तिहाइ जनताको अभिमतलाई ध्यानमा आगामी माघ ८ गते संविधान जारी हुने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मोरङद्वारा आयोजित नवौँ प्याव्सन स्पोर्टस् मिट–२०७१ को आज विराटनगरको सहिद रङ्गशालामा उद्घाटन गर्दै उहाँले  नेपाली जनताले दिएको मतको सेरोफेरोमा अन्य दलहरुसँग सम्झौता एवम् सहमति कायम गर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आगामी माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलहरुबीच सहमति कायम नभए संविधानसभाको नियम र प्रक्रिया अनुरुप संविधान जारी गरिने बताउनुभयो ।

मन्त्री रिजालले संविधान निर्माणको प्रत्याभूत भए वर्तमान सरकारमा अन्य दलहरुलाई सहभागी गराउन सकिने पनि बताउनुभयो ।

उहाँले देश शान्ति र लोकतन्त्रको बाटोमा अगाडि बढ्दा मित्रराष्ट्र अमेरिकाबाट रु ६० अर्ब  तथा चीन सरकारबाट रु १३ अर्बको सहयोग प्राप्त भएको समेत उल्लेख गर्नुभयो ।

मन्त्री रिजालले मुलुकमा विकासको गति अगाडि बढेअनुसार नै नौ÷नौ सय मेगावाट जलविद्युत् परियोजनाको सम्झौता सम्पन्न भएको जानकारी दिँदै जनताको दुई तिहाइ मतमा अन्य दलहरुबाट पनि संविधान निर्माणमा सहमति जनाइए विकासको गति अझ बढ्ने छ भन्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा मोरङ जिल्लाका १०९  संस्थागत विद्यालयका एक हजार ४०० विद्यार्थीले सहभागिता जनाइरहेका छन् ।

प्याव्सन मोरङका अध्यक्ष टीकाराम ढकालको सभापतित्वमा भएको उद्घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र उपाध्यक्ष सुनिल पौडेललगायतले  खेलकुदबाट विद्यार्थीको शारीरिक र बौद्धिक विकास हुने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा २५ खेल इभेन्ट्समा ७१ एथ्लेटिक्स र ६५ भलिबलका खेल हुने जनाइएको छ ।