२९ आश्विन २०८३, बिहिबार

मालिकाको प्रमुख कार्यकारी अधिकृतमा तिवारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhurbarajकैलाली, २८ मंसिर । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको मालिका बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ध्रुवराज तिवारी नियुक्त हुनुभएको छ । संस्थागत सुसासन र कर्जा ब्यबस्थापनमा अब्बल तिवारी सफल बैंकरको रुपमा परिचित हुनुहुन्छ ।

साबिकको अन्नपुर्ण फाईनान्स हालको कैलाश बिकास बैंकबाट बैंकिङ्ग करियर सुरु गर्नुभएका तिवारीसँग १८ बर्ष भन्दा लामो बैंकिङ्ग अनुभव छ ।

साबिक अपी फाईनान्सका प्रबन्ध सञ्चालक हुँदै हालको एपेक्स डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत हुनुभएका तिवारी सञ्चालक समितिसँग खराब कर्जाको बिबादका कारण गत पौषमा एपेक्स छाड्नुभएको थियो ।

तत्कालै सम्पन्न एपेक्सको साधारणसभाबाट सञ्चालकमा नियुक्त तिवारी मालिका बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको छ । मालिकामा प्रमुख कार्यकारी अधिकृत भए लगतै उहाँले एपेक्सको सञ्चालकबाट राजिनामा दिनु भएको छ ।

मालिकाको सञ्चालक समितिले तिवारीलाई चार बर्षको लागि करारमा नियुक्त गरेको हो । कर्जा ब्यबस्थापनमा अब्बल मानिने तिवारी सामु करिब चार प्रतिशत हाराहारी रहेको खराब कर्जा नियन्त्रण, फैलदो र प्रतिस्पर्धी बैंकिङ्ग ब्यबसायमा मालिकाको ब्यबसाय बिस्तार तिवारीको प्रमुख चुनौती रहने छ ।