१ कार्तिक २०८३, शनिबार

दाहालको राजनीतिक जीवनमा धेरै क्षयीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-Danka-Chorकाठमाडौं, २८ मंसिर । एक महिनाअघि दाङमा सन्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लातका भूत कांग्रेस-एमाले बातले मानेनन्, अब लात हान्नुपर्छ भनिदिए ।

आफू नेतृत्वको राजनीतिक समितिको बैठकमा नआएका कारण उनले कांग्रेस-एमालेप्रति आक्रोश पोखेका थिए र जनयुद्धको उद्गम थलो रोल्पा हानिएका थिए ।

त्यसयता दाहालले निरन्तर रुपमा कांग्रेस-एमालेले प्रचण्ड (आफू) विरुद्ध षडयन्त्र गरेको, आफ्नो कद घटाउन लागिपरेको अभिव्यक्ति दिँदै आएका छन् ।

हालैको एक दिन दाहालनिकट मानिने संसदको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाओवादी नेता जनार्दन शर्मासँग उनकै कार्यकक्ष सिंहदरबारमा भएको भेटमा यही सन्दर्भमा कुरा भयो ।

रुकुमेली शर्मा मुसुक्क हासे र आफ्नै लवजमा भने, ‘कांग्रेस-एमालेले क्यार्न प्रचण्डको कद बढाइदिन्थे त, सके घटाउनै लाग्छन् क्यार ।’

प्रतिस्पर्धात्मक राजनीतिमा सबैले आफूलाई केन्द्रमा राखेर काम गर्छन्, त्यसमाथि हाम्रोजस्तो स्वार्थ केन्द्रित राजनीतिमा अरुले आफ्नो चिन्ता लिइदिनुपर्छ भन्ने दाहालको आग्रह आफैमा अनुचित छ ।

२०४६ सालमा नेकपा (मशाल) को महामन्त्री, २०४८ मा नेकपा (एकता केन्द्र) को महामन्त्री हुँदै २०५१ मा नाम फेरेर नेकपा (माओवादी) राखी ‘जनयुद्धमा होमिएयता दाहालले पार्टीको राजनीतिक जीवनमा कहिल्यै दोस्रो हुनु परेन । दाहाल विगत साढे दुई दशकदेखि यद्यपि पार्टी प्रमुख छन् ।

‘जितजित’को अवस्थामा जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि उनको उचाइ ह्वात्तै बढ्यो ।

पहिलो संविधानसभा निर्वाचनपछि ठूलो दलको नेताका रुपमा उनी प्रधानमन्त्री बनेपछि पार्टी जीवनबाहिर पनि राष्ट्रिय राजनीतिमा उनी प्रमुख नेताका रुपमा स्थापित बन्न पुगे ।

तर आरामदायी बहुमतको सरकारको नेतृत्वमा रहँदा आफैले गरेका केही गल्तीका कारण नौ महिनामै २०६६ वैशाख २१ गते प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो उनले ।

त्यसयता राष्ट्रिय राजनीतिमा खुकुलो हुँदै गएको उनको पकड पार्टी विभाजनसंगै भएको दोस्रो संविधानसभा निर्वाचनको परिणामयता निकै खस्केको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

एक समय राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका दाहालको राजनीतिक जीवनमा धेरै क्षयीकरण भएको छ ।

त्यसैले पछिल्लो सयम उनलाई आफ्नै विगतले लखेटेको छ, जसको प्रतिविम्ब उनका गतिविधि र अभिव्यक्तिमा झल्किन थालेका छन् ।

‘मुहारमा चिढचिढाहट देखिन्छ । त्यो आफूले गुमाएका कुरा र गरेका गल्तीको समीक्षाबाट उत्पन्न भाव हो,’ कांग्रेस सांसद गगन थापाको बुझाई छ ।

एक समय राष्ट्रिय राजनीतिमा दाहालको राप र ताप बेग्लै थियो, उनको पार्टीको नाम प्रचण्ड झै । यतिखेर उनको मुहारमा निराशा, थकान र हडबढाहट देखिन्छ ।