७ कार्तिक २०८३, शनिबार

एमाओवादीको केन्द्रीय समितिको बैठक आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Danda

काठमाडौँ, २८ मंसिर । लामो समयदेखि स्थगित हुँदै आएको एकीकृत नेकपा(माओवादी)को केन्द्रीय समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण, शान्ति प्रक्रिया, पार्टीको आगामी कार्यक्रमका बारेमा तयार पारिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

संविधानसभाको निर्वाचनपछि पार्टीको आन्तरिक जीवन भताभुङ्ग भएको भन्ने चर्चा चलिरहेको बेला केन्द्रीय समितिको बैठकबाट ठोस कार्यक्रम तयार पार्ने विश्वास एमाओवादीले लिएको छ ।

यस्तै पार्टीभित्र अध्यक्ष दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच रहेको वैचारिक विवादलाई समेत समाधान गर्न बैठकले नयाँ योजना ल्याउने तयारी गरिएको छ । बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनको तयारी अध्यक्ष दाहालले गरिसक्नुभएको र पार्टीलाई एकताबद्ध बनाउने र विभिन्न टुक्रामा विभक्त माओवादी पार्टीसँग एकताको लागि ठोस प्रस्ताव समेत ल्याउने तयारी गरिएको बताइएको छ ।

केन्द्रीय समितिको बैठक अगाडि स्थायी समितिको बैठक बोलाइएको जानकारी दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले लामो समयपछि बस्न लागेको बैठकमा संविधान निर्माण, शान्ति प्रक्रिया र पार्टीको भावि योजना र कार्यक्रमका बारेमा छलफल गरिने कार्यसूची रहेको जानकारी दिनुभयो ।