२९ आश्विन २०८३, बिहिबार

हिन्दू राष्ट्र विरोधीको हात काट्ने खुमबहादुरको धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bahasur-Khadka

झापा, २७ मंसिर ।  काँग्रेस नेता एवं हिन्दू राष्ट्र अभियानका संयोजक खुमबहादुर खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने धम्की दिएका छन् ।

झापाको दमकमा शनिबार आयोजित कार्यक्रममा हिन्दू राष्ट्र अभियानको उदघाटन गर्दै खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात टुक्राटुक्रा पारिदिने बताएका हुन् । उनले हिन्दू राष्ट्र अभियानमा संलग्नमाथि आक्रमण भए त्यसको सामना गर्ने हैसियत आफूहरुसँग रहेको उल्लेख गरे । खड्काले निर्धक्क भएर आफ्नो अभियानमा लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।

उनले ९० प्रतिशतभन्दा बढी हिन्दू रहेको मुलुकलाई विदेशबाट आएको डलरको प्रभावमा परेर धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । काँग्रेस नेतृत्व माओवादीको पिछलग्गु भएको उनको आरोप थियो । अब देशलाई निकास दिने एकमात्र विकल्प हिन्दू राष्ट्र स्थापना भएको उहाँले दाबी गर्नुभयो । बहुसङ्ख्यक जनता हिन्दू राष्ट्रको पक्षमा रहेको थाहा पाएपछि केही सीमित नेता जनमत संग्रह गर्न डराएको खड्काको भनाइ थियो ।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले नेपालीको चाहना हिन्दू राष्ट्र भएकाले धर्म निरपेक्षताले नेपालीको भावना समेट्न नसक्ने बताउनुभयो ।