३० आश्विन २०८३, शुक्रबार

सडक दुर्घटनाले ज्यान गुमाउने धेरै भए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्नेबारेमा अध्ययन हुन सकेको छैन ।

सरकारको प्राकृतिक विपद् जोखिम व्यवस्थापनको काम प्राथमिकतामा पर्दा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको विज्ञहरूको भनाइ रहेको छ ।

गृहमन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक विपद्बाट दुई अर्ब ८५ करोड ८० लाख र सडक दुर्घटनाबाट चार अर्ब १५ करोड २८ लाखबराबरको क्षति भएको अनुमान छ ।

नेपाल जनस्वास्थ्य सङ्घको रजत वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको जानकारी गराइयो ।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार मृत्युका कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा हृदयाघात रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले भन्नुभयो, “प्रति १० हजार जनसङ्ख्यामा १६ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पर्न थालेका छन् ।”

उहाँका अनुसार प्रति १० हजारमा कतिजना प्राकृतिक विपद्मा परी मृत्यु हुन्छन् भन्नेबारेमा अध्ययन नै भएको छैन ।