२९ आश्विन २०८३, बिहिबार

ओरालो लागेको नेप्सेमा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । केही साता अघिदेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता सुधार आएको छ ।

गत साता पहिलो दिनको तुलनामा ३.१२ अङ्कले ओरालो लागेको नेप्से १९.७५ अङ्कले सुधार आई ८७०.६३ अङ्कमा पुगेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरूको आठ हजार ३६ कारोबारबाट ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार ९९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.३३ प्रतिशत बढी हो ।

गत साता १५७ कम्पनीको आठ हजार ९६४ कारोबारबाट रु ७९ करोड १७ लाख ४ हजार बराबरका २० लाख ३२ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको यो साता बिमा समूह बाहेकका सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचकमा ५२.९२ अङ्कले वृद्धि भएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन ।