दुबर्इ । दुबर्इमा हृदयघातबाट एक नेपाली युवाको मृत्यु भएको छ । दुबर्इको मफ्रक सिटीस्थित मिडलईष्ट कम्पनीमा १५ महिना अघिदेखि सुरक्षागार्ड गर्दै आएका अर्घाखाँचीका दीपेन्द्र शाही धामीको शनिबार बिहान हृदयाघातबाट मृत्यु भएको हो ।
उनको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । उनका पिताको ११ महिना अघिमात्रै निधन भएको थियो । धामीका पत्नी, एक छोरी, आमा र दुर्इजना भाइ छन् । धामीको शव पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा राखेको छ ।















प्रतिक्रिया