राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ थान काठका गोलीयासहित एमाओवादीका पुर्व केन्द्रीय सदस्य जगत पार्कीलाई रंगेहात पक्राउ गरेको छ ।
महेन्द्रनगरवाट आएको एक टोलीले डडेल्धुरा जिल्ला आलिताल–६ मेलगाजामा रहेको शिद्ध भगवती महिला सामुदायिक वनमा तस्करी गर्न राखिएको गोलीयासहित पार्कीलाई पक्राउ गरेको हो ।
सुकारीको आधारमा ६२ थान सालका गोलियासहित उनलाइ्र्र नियन्त्रणमा लिएकोे प्रहरीले जानकारी दिएको छ । लामो समयदेखि अनुसनधानमा रहेको अख्तीयारको टोलीले एमाओवादीका पुर्व केन्द्रीय सदस्य पार्कीलाई काठ तस्करी गरिरहेको अवस्थामा पक्राउ गरेको अख्तीयार दुरुपयोग अनुसन्धान अयोगका टोली प्रमुख शिव श्रेष्ठले वताउनुभयो ।
पक्राउ परेका पार्कीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखिएको छ । थप अनुसन्धानका लागि छानविन गर्न सहायक वन अधिकृत निरञ्जन प्र्रसाद शाहको नेतृत्वमा जिल्ला वन कार्यालयले छानविन समितीसमेत गठन गरेको छ ।
जिल्ला वन कार्यालयका प्र्रमुख कष्णदत्त भट्टले दिएको जानकारी अनुसार छानविन समितिले शनिवारदेखि नै आफ्नो काम सुरु गर्ने छ ।















प्रतिक्रिया