२९ आश्विन २०८३, बिहिबार

किर्तिमानी पर्वतारोही संजयलाई सरकारले तीन लाख दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjay-pandit

काठमाडौँ, २७ मंसिर । लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी पर्वतारोही संजय पण्डितलाई नेपाल सरकारले रु तीन लाख दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

२ हजार ४ सय ९५ कि.मि. को लामो अल्ट्रा धावनको दौड दौडेर किर्तिमान गर्दे विश्वको सर्वोच्च शिखर प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, युृरोपको उच्च शिखर माउन्ट एलबु्रस तथा अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियसको सफलतापुर्वक आरोहण सम्पन्न गरिसकेका छन् ।

उनले युरोपको उच्च शिखर एलब्रुसमा ६ मिनेट ३ सेकेण्ड अर्धनङ्न भएर तथा उच्च शिखर किलिमान्जारोमा ६ घण्टा १३ मिनेटमा तिव्र गतिको आरोहीको रुपमा किर्तिमानी बनाएका छन् ।
त्यसैगरी अष्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियस्कोमा उल्टो हिँडेर आरोहण सम्पन्न गरेर अन्तराष्ट्रिय किर्तिमान बनाउन सफल भएका छन् ।

विश्वका सवै ठुला महादेशका हिमाल आरोहण गर्ने सिलसिलामा रहेका पण्डित दक्षिण अमेरीकाको आकाङ्गुवा र उत्तर अमेरिकाको डेनाली आरोहण गर्ने अन्तिम तयारीमा जुटेका छन् ।