काठमाडौँ, २७ मंसिर । माछापुछ्रे बैंकको अध्यक्षमा डा. वीरेन्द्र प्रसाद महतो चयन हुनुभएको छ । बैंकको पोखरामा सम्पन्न १६ औं साधारणसभाले महतोको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको जानकारी दिएको छ ।
बैंककले संस्थापक शेयरधनीहरुका तर्फवाट प्रकाश केसी, रोशन केसी, ज्ञानप्रसाद कर्माचार्य र गोपिकृष्ण न्यौपानेलाई संचालक समितिमा चयन गरेको छ ।
२ अर्व ७७ करोड ६२ लाख चुक्ता पुँजी रहेको बैंकले आर्थिक वर्ष २०७१÷७२ को प्रथम त्रैमासिक सम्ममा १९ करोड तीन लाख खुद मुनाफा कमाएको छ।
बैँकले चालु अर्थिक वर्षको मंसिर सम्ममा ३७ अर्व ८६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३२ अर्व ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको अहिले ५६ वटा शाखा र ६९ वटा एटिएम छन् । ३ लाख ३५ हजार भन्दा वढि ग्राहकलाई सेवा प्रदान गरीरहेको बैँकको दाबी छ ।
















प्रतिक्रिया