२९ आश्विन २०८३, बिहिबार

क्रिस्टियानोको दुई गोलले मड्रिड ला लिगाको शीर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

real madrid2

काठमाडौँ, २७ मंसिर । रियाल मड्रिडले स्पेनिस ला लिगाको शुक्रबार राती भएको खेलमा अल्मेरियालाई ४–१ ले हराएको छ ।

यो जितसँगै मड्रिडले स्पेनिस ला लिगामा आफ्नो लगातार बीसौं जित दर्ता गराउँन सफल पनि भएको छ।

मड्रिडको तर्फबाट क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने इस्कोले एक र वेल्सका फर्वाड ग्यारेथ बेलले टोनी क्रुसको पासमा एक गोल गरे ।

रोनाल्डोको पछिल्लो दुई गोलसँगै यो सिजनको ला लिगामा रोनाल्डोले २५ पुगेको छ ।

मड्रिडको पछिल्लो अंक अनुसार १५ खेलमा ३९ छ । यो ला लिगाको शिर्षस्थान हो।