७ कार्तिक २०८३, शनिबार

धान झार्ने क्रममा एक र बाघको आक्रमणबाट एक बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २७ मंसिर । थ्रेसरमा धान झार्ने क्रममा सिरहाको लक्ष्मीपुर प्रम १ मा शुक्रबार साँझ एक वृद्धको मृत्यु भएको छ ।

आफ्नै घरमा थ्रेसर लगाई धान झार्दै गर्दा पराल तान्ने क्रममा ६५ वर्षीय गुदर यादवको मृत्यु भएको हो ।

धान झार्ने क्रममा यादवको टाउको थ्रेसरमा लाग्न गई गम्भीर घाइते भएकामा उपचारका लागि सिरहा अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

शुक्रबार साँझ करिब ६ बजेर ३० मिनेट जाँदा सन्धिखर्क–१० किमडाँडाको रिपाहामा बाघको आक्रमणबाट तीन वर्षी सुशान्त नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पटक पटक बाघको आक्रमणबाट बालबच्चाको ज्यान जाँदासमेत बाघ मार्न प्रशासन लागिनपरेको भन्दै स्थानीय बासिन्दाले जङ्गलबाट बालकको शव उठाएका छैनन् । स्थानीय बासिन्दा एकै स्थानमा जम्मा भएर शव कुरेर बसिरहेको स्थानीयवासी ठाकुर भुसालले बताउनुभयो ।

यहाँ बाघको आक्रमणबाट पछिल्लो डेढ वर्षको समयमा छ जनाको ज्यान गएको छ ।