७ कार्तिक २०८३, शनिबार

म राजनीतिक जोगी हुँ: प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12

रामसुन्दर आचार्य

बनेपा २६ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको बताउनुभएको छ ।

काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आफूलाई राजनीतिक जोगीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘‘म राजनीतिमा लागेको ५५ वर्ष भइसक्यो, राजनीतिमा लागेर देशका लागि सेवा गरौँ भन्ने लागेको छ’’

काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले आफू अनेक यातना सहेर यो स्थितिसम्म आइपुगेको समेत बताउनुभयो । भन्नुभयो, यो मेरो गौरबको विषय हो । शिक्षालाई मुलुक र जनताको सेवामा समर्पित गर्न जरुरी छ ।

उहाँले मुलुकको विकासका लागि ढोका खुलेको उल्लेख गर्दै मुलुक कसरी बनाउने भन्ने विषयमा चिन्ता गर्न युवा विद्यार्थीलाई आग्रह गर्नुभयो । अहिले बाधकको रुपमा रहेको बौद्धिक पलायन रोक्नुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री कोइरालाले देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधाका कुल एक हजार २४६ जना स्नातक दीक्षित भएको सो कार्यक्रममा चान्सलर स्वर्णपदक र जुद्धबहादुर स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी श्रद्धा पन्त, भाइसचान्सलर स्वर्ण पदकबाट स्कुल अफ आर्टसका रविन डङ्गोल र रणबहादुर शाह स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी विद्या शर्मालाई प्रदान गरिएको थियो ।