७ कार्तिक २०८३, शनिबार

एमालेमा क–कसको योग्यता पुगेको छ पोलिट्व्युरोका लागि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Mahav-Nepalकाठमाडौँ, २६ मंसिर । एमालेको विधानमा उत्पन्न विवाद टुंगो लगाउन गठन भएको दुई सदस्यीय कार्यदलले एक कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्र पोलिटव्यूरो सदस्य बन्न पाउने सहमति गरेको छ ।

कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटीका १ सय १७ जना पूर्ण सदस्यहरूले मतदाताका रूपमा मताधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।

‘विधानको धारा ३८ (ख) अनुसार स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनु पर्ने तथा पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ,’ कार्यदलले बुझाएको प्रतिवेदनमा उल्ल्ेख छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल र महासचिव इश्वर पोखरेल रहनु भएको छ ।  हाल केन्द्रीय समितिमा पूर्ण र बैकल्पिक गरी १ सय ६३ सदस्य छन् ।

१४ पदाधिकारी र एक बरिष्ठ नेता स्वतः पोलिटब्यूरो सदस्य हुने भएकाले बढीमा ४० जनाको चयन गर्नुपर्ने छ । पोलिट्व्युरो चयनको निर्वाचनमा भने पदाधिकारीले पनि भाग लिन पाउने छन् ।

पोलिटव्यूरो सदस्यको योग्यता एक कार्यकाल पूर्ण  केन्द्रीय सदस्य भएको हुनुपर्ने प्रावधानलाई केन्द्रीय कमिटिले पारित गरेसँगै अब
बढीमा ५५ सदस्यीय पोलिट्व्युरोका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहका निम्न व्यक्तिलाई बाटो खुल्ने छ ।

नेपाल समुहबाटपूर्ण सदस्य भैसकेकाहरु
लालबाबुु पण्डित, नागेन्द्र चौधरी, डा बंशीधर मिश्र, पशुपति चौलागाई, गंगालाल तुलाधार, रघुजी पन्त, बेदुराम भुसाल, तुलबहादुर गुरुङ्ग, गौरा प्रसाई, युवराज कार्की, पर्शु मेघी गुरुङ्ग, जयन्ती राई, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, विजय पौडेल, टंक कार्की, श्रीमाया थकाली, प्रकाश ज्वाला, अरुण नेपाल, जगन्नाथ खतिवडा, कूल जम्माः २० जना

ओली समुहबाटपूर्ण सदस्य भैसकेकाहरु
अग्नी खरेल, प्रदिप नेपाल, रामप्रित पासवान, काशिनाथ अधिकारी, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डे, विन्दा पाण्डे, सानुकुमार श्रेष्ठ, विष्णु रिमाल, भानुभक्त ढकाल, छविलाल वि.क., राधा ज्ञवाली, किरण गुरुङ्ग, गणेश तिम्सिना, थममाया थापा, शंकर पोख्रेल, यामलाल कँडेल, दल बहादुर राना कूल जम्माः १९ जना
नेपाल समुहबाट बैकल्पिक सदस्य भैसकेकाहरु
राजेन्द्रकुमार राई, शुुसिला नेपाल, चुडामणी जङ्गली, शत्रुध्न महतो, शेरबहादुर तामाङ्ग, जिवनराम श्रेष्ठ, ममता गिरी, ठाकुर गैरे, बैजनाथ चौधरी, गरिमा शाह कूल जम्माः १० जना

ओली समुहबाट बैकल्पिक सदस्य भैसकेकाहरु
शेरधन राई, कमलादेवी महतो, श्रीप्रसाद साह, योगनारायण यादव, ज्ञानबहादुर भुजेल, रामनाथ ढकाल, दलबहादुर राना, नजिर मियाँ, जगत वि।क।, गोकुुल घर्ति, भागवत विश्वासी, गोरख बोगटी, कूल जम्माः १२ जना