यूएई । लमजुङ सम्पर्क समिति यूएईको बैठक इन्टरनेसनल सीटी दुबर्इमा सम्पन्न भएको छ ।
सम्पर्क समितिका अध्यक्ष राजु घलेको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन राज तामाङले गर्नुभएको थियो । बैठकमा लमजुङ सम्पर्क समिति यूएईका कार्यसमितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकमा अध्यक्ष घलेसँगै उपाध्यक्ष महेश पराजुली, महासचिव राज तामाङ, सचिव सन्तबहादुर तमु (सुसन), सदस्यहरु भुपाल तमु, मोहन तमु, प्रवक्ता योग राज बर्देवा, कोषाध्यक्ष मिनकुमारी तमुस्यो र सल्लाहकार मुक्ति टु क्ल्हेप्री तमुको उपस्थिति रहेको थियो ।
बैठकमा लमजुङ सम्पर्क समिति, तमु समाज यूएई तथा, तमु प्हे ल्हु संघ यूएईले सयुक्त रुपमा खडा गरेको राहत कोषलाई बलियो बनाउन प्रत्येक संस्थाबाट ५ सय दिरामका दरले रकम संकलन गरी कोषलाई १ हजार ५ सयको बनाउँने सहमति भयो । त्यसैगरी बैठकमा समितीका कोषध्यक्ष तमुस्योले डिसेम्बर ५, २०१४ सम्मको आर्थिक विवरण प्रस्तुत गर्नुभयो ।
बैठकमा लमजुङ सम्पर्क समिति युएर्इलार्इ अझ प्रचारप्रसारका लागि समितिको लोगों सहितको टीसर्ट बनाउने समेत निर्णय भएको प्रवक्ता बर्देवाले जानकारी दिनुभयो । त्यसको जिम्मा बर्देवालार्इ नै दिइएको छ ।
बैठकमा नेपाली राजदुतावास आबुधाबी यूएईकी श्रम सहचारी हिरादेवी घिमिरे पौडेललाई विदाई तथा सम्मान गरेको विषयमा पनि छलफल भएको थियो ।
चन्द्रेश्वर–३, दुराडाँडा, लमजुङ स्थायी घर भएकी हिरादेवीले विदेशी भूमिका आई बिगत चार वर्षदेखि श्रम सहचारिका जस्तो गरिमय पदमा बसी य़ूएईमा रहेका नेपालीहरुको सेवामा अनवरत रुपमा गर्नु भएको योगदान उच्च मुल्यांकन गर्दै समितीले अक्टोबर १६, २०१४ का दिनमा सम्पूर्ण य़ूएईमा बसोबास गर्ने लमजुङवासीको तर्फबाट सम्मान तथा प्रसंशापत्र प्रदान गरि बिदाइ गरेको थियो ।














प्रतिक्रिया