३० आश्विन २०८३, शुक्रबार

सभासद ज्यु नमस्कार, माघ ८ मा नयाँ संबिधान आउँछ त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akhilकाठमाडौँ, २६ मंसिर । अनेरास्ववियुले माघ ८ भित्रै प्रगतिशील, लोकतान्त्रिक र अग्रगामी संबिधान निर्माणको लागि दवाव दिने उद्देश्यले आन्दोलनको पहिलो चरणको कार्यक्रम शुक्रबारबाट शुरु गरेको छ ।

आन्दोलनको पहिलो चरणमा शुक्रबार बिहानबाट आइतबारसम्म दिनको तीनपटक गरेर संबिधान सभाका सबै सभासद्लाई ‘सभासद ज्यु , नमस्कार , तपाईं संबिधान निर्माणको काममा लागिरहनु भएको छ (? !),  माघ ८ मा नयाँ संबिधान आउछ त ? अनेरास्ववियु’  लेखिएको एसएमएस पठाउन शुरु गरेको अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष घिमिरेले जानकारी दिनुभयो ।

केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी अनेरास्ववियुले पत्रकार सम्मेलन गरी रचनात्मक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

अनेरास्ववियुले संविधान निर्माणका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने, विद्यार्थीलाई निदाएका सभासद्को प्रतिक बनाई विगुल फुक्न लगाउने, संविधानसभा भवनमै गएर सभासदहरुलाई संविधान निर्माणका लागि ध्यानकर्षण गराउँने लगाएतका कार्यक्रम गर्ने तयारी गरेको छ ।