२९ आश्विन २०८३, बिहिबार

यूएईमा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै नेपाली श्रमिकहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम अधिकारी
आबुधाबी ।  नेपाली श्रमिकहरुले यूएईमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाउने भएका छन् ।
केहि समय अघि स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ यूएईले यहि डिसेम्बर १९ का दिन एक कार्यक्रमका बीच प्रवासी श्रमिक दिवस मनाउन लागेको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ मा पर्ने भएपनि शुक्रवारे छुट्टीको समय मिलाई १९ डिसेम्बरमा कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन्।खासगरी बढी परिश्रमयुक्त क्षेत्रमा कार्यरत श्रमिकहरुलाई समेट्ने उद्देश्यका साथ स्थापित संघको उक्त कार्यक्रममा सोहि प्रकृतिका श्रमिकहरुको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा भाग लिन अन्तर्राष्ट्रिय श्रमिक संगठन सदस्य बिन्दा पाण्डे र जिफन्ट नेपालका महासचिव बिष्णु लम्साल यूएई आउने भएका छन् । जिफन्ट नेपालको सहयोगीको भूमिका निर्वाह गर्ने गरी गत सेप्टेम्बरमा संघको गठन भएको थियो ।
कार्यक्रममा श्रमिकहरुको अवस्था, उनीहरुले भोगिरहेका समस्या, समस्या समाधानमा संघले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा परिचर्चा हुने संयोजक नवराज बस्नेतले जानकारी दिएका छन् ।

त्यसैगरी कार्यक्रमलाई आकर्षक बनाउनका निमित्त सांस्कृतिक कार्यक्रम तथा श्रमिकहरुसंग सम्बन्धित नाटक पनि राखिने भएको छ । उक्त कार्यक्रमको सांस्कृतिक फाँटको जिम्मा प्रवासी नेपाली जनसांस्कृतिक मंच यूएईले लिएको र कलाकारहरु कार्यक्रमका लागि तयारीमा जुटेको मंचका अध्यक्ष बिमल अधिकारीले बताएका छन् ।

दुबईको मुसल्ला टावरमा अपरान्ह ४ बजेबाट शुरु हुने उक्त कार्यक्रममा आबुधबिको मुसफा, अलऐन, दुबईको सोनापुर, जेबेल अलि, अलकुज, शारजाह लगायतका स्थानबाट नेपाली श्रमिकहरु सहभागी हुने जनाइएको छ ।