काठमाडौँ, २६ मंसिर । नेकपा एमालेको पोलिटव्यूरो सदस्यको चयन सहमतिबाटै हुने भएको छ ।
पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले एमाले अध्यक्षम केपी शर्मा ओली र नेता माधबकुमार नेपाललाई जिम्मा दिएपछि सहमतिबाटै छनोट हुने भएको हो ।
पदाधिकारी बैठकमा पोलिटव्यूरो सदस्यको मापदण्ड र नाममा सहमति नजुटेपछि ओली र नेपाललाई त्यसको जिम्मा दिइएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
पदाधिकारी बैठक लगत्तै एमाले मुख्यालयमा केन्द्रीय कमिटी बैठक शुरु भएको छ । एमालेको नवौं महाधिवेशनको सकिएको ५ महिना बित्दासमेत स्थायी समिति र पोलिटब्युरो गठन हुन् सकेको छैन ।
संस्थापन पक्ष सबैलाई पोलिटव्युरो बन्न दिने गरी ढोका खोल्नुपर्ने पक्षमा छ भने शीर्ष नेता माधवकुमार नेपाल पक्ष एक कार्यकाल पूर्ण केन्द्रीय सदस्य भएकालाई पोलिटब्युरो सदस्य बनाउनु पर्ने अडान राख्दै आएको छ ।















प्रतिक्रिया