विराटनगर, २६ मंसिर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयमै नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।
विराटनगरमा पार्टीको भातृ संगठन मधेशी युवा फोरम लोकतान्त्रिकको पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले माघ ८ मै संविधान जारी गर्न प्रमुख राजनीतिक दलबीच सहमति भइसकेको खुलासा गर्नुभयो ।
नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसवादी दलबीच सहमति भइसकेको भन्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले दलहरुबीच सहमतिकै आधारमा संविधान जारी हुने पनि स्पष्ट पार्नुभयो ।
उहाँले अहिलेसम्म परिवर्तनका लागि गरिएका आन्दोलनलाई संस्थागत गर्न नसकेकै कारण मुलुकमा राजनीतिक अस्थिरता देखिएको भन्दै अब दलहरुले जनतालाई धोका दिन नहुने बताउनुभयो ।















प्रतिक्रिया