२९ आश्विन २०८३, बिहिबार

खनाल किन गए थाइल्याण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath_khanal

काठमाडौं, २६ मंसिर । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।

बैंककमा धमकाया फाउन्डेसनको आयोजनामा हुन लागेको भी स्टार युथ ग्यादरिङको ‘प्रमुख अतिथिका रूपमा सहभागी हुन खनाल दिउँसो साँढे १२ बजे नेपाल वायु सेवा निगमको जहाजबाट बैंकक प्रस्थान गर्नुभएको हो ।

दैनिक नेपाल डटकमसँग कुरा गर्दै वरिष्ठ नेता खनालले निकै महत्वपूर्ण कार्यक्रम भएकाले आफू बैंकक जान लागेको बताउनुभयो । वरिष्ठ नेता खनाल १ लाख विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रममा सरिक हुनु हुनेछ । यसले नेपाल र थाइल्यान्डबीचको सांस्कृतिक सम्बन्धलाई थप गहिरो पार्ने खनालको विश्वास छ ।

खनाललाई बिदाई गर्न युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, एमाले नेता सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे, केन्द्रीय समितिका सदस्यहरु तथा सभासद्हरु बिमानस्थल पुगेका थिए ।

वरिष्ठ नेता खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ ।