![]()
काठमाडौँ, २६ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल बुद्धिष्टहरुको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन बैंकक प्रस्थान गर्नु भएको छ ।
उहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार दिउँसो त्यता प्रस्थान गर्नु भएको खनालका स्वकीय कृष्ण भट्टराईले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
खनाल सम्मेलनको प्रमुख अथितिका रुपमा सहभागी हुँदैहुनुहुन्छ । सम्मेलनमा नेपाल, जापान, थाइल्याण्ड, मंगोलियालगायतका मुलुकबाट सहभागी हुने बुझिएको छ । खनाल आउँदो आइतबार स्वेदेश फर्किने कार्यक्रम छ ।
उहाँ स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिनेलगायतको तयारीका लागि बसिरहेको एमालेको केन्द्रीय कमिटिको महत्वपूर्ण बैठकलाई छाडेर त्यतातिर लाग्नु भएको हो ।















प्रतिक्रिया