काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको आज पनि जारी बैठकमा हचुवाको भरमा नगरपालिका घोषणा गरेको, पार्टी संस्थागत रुपमा नचलेको, सरकारको निर्णय प्रक्रिया पारादर्शी नभएको तथा एकलौटी गरेको भन्दै नेताहरुले प्रधानमन्त्री सुशील कोइराला र मन्त्रीहरुको आलोचना गरेका हुन् । पर्याप्त गृहकार्य नगरी नगरपालिका घोषणा गरिएको नेताहरुको भनाइ थियो । पार्टीका सीमित नेता र मन्त्रीको सक्रियतामा संविधान निर्माण बारेको छलफल र सरकार सञ्चालन भएको भन्दै आफूहरुले नेतृत्वको ध्यानाकर्षण गराएको नेता प्रकाशशरण महतले जानकारी दिए ।
हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गरेको एजेण्डामाथि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा पार्टीको कार्यविभाजन, नेविसंघको विवाद, सरकार सन्चालनको समिक्षाका विषयमा छलफल भएको बताइएको छ ।
















प्रतिक्रिया