७ कार्तिक २०८३, शनिबार

जन्ती गएका डम्वरवहादुरको भीरबाट लडेर ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २६ मंसिर । जन्ती गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ ।

नुवाकोटको सामरीमा जन्ती गएका ५५ वर्षीय डम्वरवहादुर तामाङको भीरबाट खसेर ज्यान गएको नुवाकोट प्रहरीले जानकारी दिएको हो ।

मृत्यु हुने तामाङ कल्याणपुर गाविस–७ का  बासिन्दा हुन् । उनी सामरी गाविस– ५ मा छिमेकीको जन्ती गएका
थिए ।

तामाङको शव शुक्रबार बिहान भीरमुनि फेला परेको हो । तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याएको छ ।