काठमाडौँ, २६ मंसिर । पञ्चकन्या समूहले ‘सेभेन समिट वुमन टिम’ का सात जना नेपाली महिलाहरुलाई विदाई गरेको छ ।
अन्टार्कटिकाको ४ हजार ८ सय ९७ मिटर अग्लो भिन्सन म्यासिफ शिखर आरोहण गर्न जान लागेका उनीहरुलाई पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ र कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठले विदाई गर्नुभएको हो ।
उहाँहरुले विदाईका क्रममा आर्थिक सहयोगस्वरुप चेक तथा पञ्चकन्या समूहको लोगो अंकित व्यानर हस्तान्तरण गर्नुभएको थियो । समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त टिमलाई सुरुदेखिनै सहयोग गर्दै आएको छ ।
‘सेभेन समिट वुमन टिम’ ले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अष्ट्रेलिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिकाका उच्च शिखरहरुको आरोहण गरिसकेको छ ।















प्रतिक्रिया