काठमाडौं, २६ मंसिर । सरकारले १० कक्षा पास व्यक्तिलाई मात्रै सार्वजनिक सवारी चालक अनुमतिपत्र लाइसेन्स दिने ब्यबस्था गरेको छ ।
यसभन्दा पहिले ८ कक्षा उत्तीर्णले लाइसेन्स लिन पाउँथे ।
सामान्य ट्राफिक नियमसमेत नजान्नेले लाइसेन्स लिएर सवारी चलाउँदा दुर्घटना बढेपछि कानुनी सुधारकै बाटो अपनाएको छ ।
पछिल्ला साता लगातार दुर्घटनामा दर्जनौको न्यान गएपछि मन्त्रिपरिषद्ले बिहिबार सवारी चालक अनुमतिपत्र नियमावली पारित गरेको छ ।
अव २५ वर्ष पुगेकाले मात्रै लाइसेन्स लिन पाउनेछन् । यसअघि न्यूनतम उमेर २१ रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया