अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी बिच अहिले निकै चर्चामा आइरहेको छ । त्यसको एउटा कारण हो, माइली साइरस । बिचमा भइरहेको ‘आर्ट बेसेल मियामी’मा कैयौँ स्टारहरू सहभागी छन् । तर, माइलीले सबैको ध्यान खिचेकी थिइन् । २२ वर्षीया यी गायिकाको शरीरमा ‘डिस्क बल पेस्टिज’ र लेगिंग्स मात्रै लगाएकी थिइन् । उनले सिल्भर रङको विग लगाएकी थिइन् भने आँखामा निलो रङको ‘स्याडो’ लगाएकी थिइन् ।
मोडल प्याट्रिक स्वार्जनेगरसँगको रोमान्सका कारण चर्चामा रहेकी माइलीलाई देखेर आर्ट बेसेलमा आएका सबै दंग परेका थिए । उनको कार्यक्रमको तस्बिर इन्स्टाग्राममा निकै सेयर भएको छ ।
यसअघि उनी आफ्नो २२औँ जन्मदिनको अवसरमा टपलेस भएकी थिइन् । उनले हलिउडको फ्याक्ट्री नाइट क्लबमा आफ्नो कपडा उतारेकी थिइन् ।














प्रतिक्रिया