७ कार्तिक २०८३, शनिबार

रीतु महासेठको हत्या विमलेश यादवले गरेका थिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlesh-Prasad-Yadav-Apradhकाठमाडौं, २५ मंसिर । रीतु महासेठको हत्या अभियोगमा प्रहरीले धनुषा तुसलीयाही जगदीका विमलेशप्रसाद यादवलाई पक्राउ परेको छ ।

यादवले महासेठको हत्या गरेको स्वीकार गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी परिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले बताए ।

महासेठको अनामनगर धोबीखोला नजिकै २० मंसिरमा हत्या भएको थियो ।

अनामनगर धोबीखोला नजिकै पे्रmन्डस एन्ड फ्यामिली छात्रा होस्टेलमा बस्थिन् । सोही होस्टेल बाहिर महासेठलाई छुरा प्रहार भएको थियो ।

महासेठलाई तत्काल काठमाडौं मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार असंभव भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उनको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी दिएको हो ।