काठमाडौं, २५ मंसिर । नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ ।
दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् ।
दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।
नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने समाचार आजको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया