काठमाडौं, २४ मंसिर । भोजपुरका मिर्गौला पीडित पत्रकार श्यामकृष्ण दाहालको उपचारमा सहयोग जुुटाउन प्रेस चौतारी नेपालले सहयोग समिति गठन गरेको छ । चौतारीले सचिव राजेश राईको संयोजकत्वमा सहयोग समिति गठन गरेको हो ।
नेपाल पत्रकार महासंघ भोजपुर पार्षद समेत रहेका अन्नपूूर्ण पोष्ट दैनिकमा कार्यरत दाहालको दुुबै मिर्गौला काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि प्रेस चौतारी नेपालले सहयोग अभियान सुुरु गरेको महासचिव माधव नेपालले बताए । नेपाल पत्रकार महासंघ भोजपुुरले यसअघि नै अभियान सुुरु गरिसकेको छ ।
प्रेस चौतारीले देश तथा विदेशमा सहयोगका लागि अनुरोध गरेको सचिव एवं सहयोग समितिका संयोजक राजेश राईले बताए । पत्रकार दाहाललाई सहयोग गर्न चाहनेहरुले उनको उपचार कोषमा सिधै रकम संकलन गर्न सकिने राईले बताए । भोजपुरस्थित राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर २०४००२०१२२१०मा सिधै संकलन गर्न सकिनेछ । ‘हामीले सबैलाई सिधै उपचार कोषमा जम्मा गर्न अनुरोध गरेका छौं’ सचिव राईले भने ।
यसैबीच, पत्रकार दाहालका लागि मलेसियामा रकम संकलन सुरु भइसकेको छ । मलेसियामा रहेका प्रेस चौतारी नजिकका पत्रकारहरु भुमिराज पराजुली, अर्जुन काफ्ले, संजीब दाहाल, गणेश आचार्य लगायतले सहयोग समिति नै बनाएर रकम संकलन जारी रहेका छन् । जसका लागि प्रेस चौतारीका सचिव एवं अन्तर्राष्ट्रिय शाखा कार्यदलका संयोजक गणेश पाण्डेले समन्वय गरिरहेका छन् । सचिव पाण्डेले प्रवासमा रहेका नेपालीहरुमा सहयोगका लागि अपिल समेत गरेका छन् ।
















प्रतिक्रिया