७ कार्तिक २०८३, शनिबार

गुप्तांग काटिएको अवस्थामा शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ मंसिर । दाङको तुलसीपुर नगरपालिका–८ को महालक्ष्मी सामुदायिक वन समूहमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार घाँस काट्न गएका स्थानीयवासीले मङ्गलबार दिउँसो सामुदायिक वनभित्र जङ्गलमा नग्न अवस्थामा पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको हो । शवको अझै सनाखत हुन नसकेको, गुप्तांग काटिएको र मृतकको  टाउकोमा गहिरो चोट भएकाले हत्या गरी फालिदिएको हुन सक्ने आशङ्का प्रहरीको छ । अहिले शवलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको र घटनाबारे  अनुसन्धान भइरहेको छ ।

यसैबीच दाङमा एक नवजात शिशु पनि इनारमा मृत अवस्थामा फेला छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार सैघा गाविसमा घर भई हाल घोराही नगरपालिका–६ फुर्सेखालीमा डेरा गरी बस्ने कृष्ण बुढाथोकीको ११ महिनाको छोरा गाउँभन्दा केही टाढा रहेको इनारमा मृत अवस्थामा फेला परेका हुन् ।

मङ्गलबार बिहान करिव ८ बजे छोरा हराएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय दाङमा आएको र बच्चाको खोजी गर्ने क्रममा निजलाई इनारमा मृत अवस्थामा फेला पारेको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।