२९ आश्विन २०८३, बिहिबार

कतारका नेपाली व्यवसायी बैंकदेखि अस्पतालसम्ममा लगानी गर्न इच्छुक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar-RK-Sharma-TB-Karki

दोहा । कतारका व्यवसायी, इन्जिनियर तथा बुद्धिजीविहरुले सामूहिक लगानीको अवधारणालाई अब मूर्त रुप दिई अघि बढ्ने अभियानमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

कतारको गोल्डेन फोर्क रेष्टुरेन्टमा सम्पन्न छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रि«य समन्वय परिषदका उपाध्यक्ष टि.बि. कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रि«य समन्वय परिषदका अध्यक्ष मक्सुद आलम, गैरआवासीय नेपाली संघ राष्ट्रि«य समन्वय परिषद अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी, एनआरएन कतारका सल्लाहकार आरके शर्मा, व्यवसायी राज रेग्मी, उमेश अधिकारी, इन्जिनियर रविकान्त लाल लगायतका व्यवसायी तथा इन्जिनियर, बुद्धिजीवीहरु बीच लगानीका बिषयमा छलफल भएको थियो ।

सामूहिक लगानीका ३ शिर्षकहरुमध्ये कतारमा नेपाली चिकित्सकहरुको चिकित्सकीय निगरानी प्रणाली अन्तर्गतको पोलिक्लिनीक सञ्चालन गर्ने, हाइपरमार्केट सञ्चालन गर्ने तथा कतारमा रहेका श्रमिकहरुलाई समेत समेटेर नेपालमा विकास बैंकमा लगानी गर्ने योजनाको बारेमा छलफल भएको थियो ।

विकास बैंकको विषयमा नै लगानी गर्दा राष्ट्रबैंकको प्रत्यक्ष निगरानी रहने भएकोले सुरक्षित र नाफामूलक हुने कुराको बारेमा प्रष्ट्याउँदै सल्लाहकार आरके शर्माले बैंकिग लगानीमा सवैको लगानीको भविष्य रहेको बताउनुभयो ।

एनआरएन आइसीसीका उपाध्यक्ष टिबी कार्कीले अब श्रमिकलाई मालिक बनाउने योजनासहित यसै क्षेत्रमा लगानी गर्दा उत्तम हुने कुरा बताउनुभयो ।

Qatar-RK-Sharma-TB-Karki1

एनआरएन कतारका अध्यक्ष मक्सुद आलमले कतारमा कडा श्रम गर्ने श्रमिकहरु मात्र काम गर्न आउने देशको रुपमा हेर्दै आउने सरकार र अन्य देशमा रहने नेपालीको भ्रम चिर्नको लागि भने पनि अब विश्वशनीय लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । यसको लागि एनआ एन कतारले खेल्नुपर्ने भूमिका र निभाउनु पर्ने उत्तरदायित्वको बारेमा सधैं तयार रहेको बताउनुभयो ।

यस विषयमा पुनः एकपटक कतारका व्यवसायी, इन्जिनियर, बुद्धिजीविहरुको छलफलबाट निचोड निकाली सामूहिक लगानीलाई मूर्तता दिन आउँदो १२ डिसेम्बरको दिन एनआरएन आइसीसीका अध्यक्ष शेष घलेको उपस्थितिमा कतारमा सम्पन्न हुन गइरहेको एनआरएन दिवसको अवसरमा विशेष कार्यक्रमबीच छलफल गरिने र अघि बढ्न सकिने पनि अध्यक्ष आलमले बताउनुभयो ।