उदयपुर, २३ मंसिर । आफ्नै हजुुरआमालाई टाउकामा प्रहार गरी हत्या गर्ने अभियुुक्त उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं ११ बस्ने २० वर्षीय कामानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले मंगलबार बिहान सामान्य भनाभनकै कारण मावलीहजुरआमा ९१ वर्षीया रेशममाया राईलाई हत्या गरेका थिए ।
घटनास्थलमा छुट्याउने क्रममा सोही ठाउँका तितबहादुरसमेत घाइते भएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताउनुभयो । रासस















प्रतिक्रिया