काठमाडौँ, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आयोगको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले आगामी दिनमा कुनै पनि खाले भ्रष्टाचारलाई नछाड्ने भन्दै कानुनलाई आफ्नो अनुकुल बनाउन खोज्ने प्रयासले भ्रष्टाचार बढेको आरोप लगाउनुभयो ।
कार्यक्रममा मुख्यसचिव लिलामणि पौडेलले भ्रष्टाचारको मामिलामा निमर्म नबने भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारको मामिलामा राज्य निमर्म नबन्ने हो भने भ्रष्टाचार पुस्तान्तरण हुने खतरा बढ्ने दाबी गर्नुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष भरतबहादुर थापालगायतले पनि कार्यक्रमा बोल्नु भएको थियो ।
‘भ्रष्टाचारविरुद्धको सहकार्य सुशासनको लागि अपरिहार्यता’ भन्ने नाराकासाथ मंगलबार देशभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको छ ।















प्रतिक्रिया