७ कार्तिक २०८३, शनिबार

भारतीय राजदूत एमाले वरिष्ठ खनालको निवासमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-Khanal-Ranjeet-Rey

काठमाडौं , २३ मंसिर । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भारतीय राजदूत रन्जित रेले भेटवार्ता गर्नुभएको छ ।

खनाल निवास डल्लुमा मंगलबार बिहान भएको भेटवार्तामा राजदूत रेले पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण एवं आपसी हित र चासोको विषयमा जिज्ञासा राख्नु भएको थियो । उहाँहरुबीच नेपाल र भारतबीच आपसी सम्बन्ध, सहयोगको बारेमा छलफल भएको थियो ।

जवाफमा वरिष्ठ नेता खनालले माघ ८ गते नै संविधान जारी गर्नका लागि शिर्ष दलहरmबीच शिर्ष स्तरीय वार्ता, सवाद जारी रहेको जानकारी दिँदै सहमतिका साथ मुलुक अगाडि वढ्ने कुरामा आफू विश्वस्त रहेको जानकारी गराउनुभयो ।

वरिष्ठ नेता खनालले नेकपा (एमाले) संविधान निर्माणको काममा पूर्ण रुपले केन्द्रीत भएको र तोकिएकै समयमा सहमतिय प्रक्रियाबाट संविधान जारी गरी मुलुकलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको दिशामा जतिसक्दो चाँडो लैजान प्रतिबद्ध रहेको समेत वताउनु भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।