जनकपुरधाम, २३ मंसिर । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले परम्परागत कार्य प्रणालीमा परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।
अदालतको अनलाइन तारिख, म्याद तामेली, एसएमएस सेवासम्बन्धी तालिमको सोमबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले अदालती काम कारबाहीसम्बन्धी सूचना दिने लक्ष्यले सूचना प्रविधि सफ्टवेयरको प्रवद्र्धन गरिएको बताउनुभयो ।
उहाँले मुद्दासम्बन्धी सम्पूर्ण जानकारी अब मोबाइलबाट पनि प्राप्त गर्न सकिने जानकारी दिँदै कागज कम प्रयोग गर्ने दूरगामी योजना अघि सारिएको छ भन्नुभयो ।
न्यायाधीश साहले सूचना प्रविधि सफ्टवेयरको विस्तार जिल्ला र पुनरावेदन अदालतमा गर्ने योजना रहेको पनि बताउनुभयो ।















प्रतिक्रिया