कञ्चनपुर, २३ मंसिर । बयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका आठ बालिका भेटिएका छन् ।
बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छिरेका उनीहरु सोमबार दिउँसोदेखि बेपत्ता थिए । सोमबार दिउँसो २ बजे विद्यालयबाट घर फर्कदाँ बेपत्ता भएका ती बालिका मंगलबार विहान भेटिएका हुन् ।
उनीहरुलाई पिप्रैयास्थित नेपाली सेनाको चेकपोष्टले फेला पारेको हो । सबै बालिका सकुशल रहेको र उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जानकारी दिएको छ ।
उनीहरु मंगलबार विहान सेनाको सम्पर्कमा आएका थिए । सेनालाई बालिकाहरुले बाटो बिराएर आफूहरु घर फर्किन नसकेको बताएका थिए । उनीहरुले जंगलमै रात बिताएका थिए । बालिकाहरु कक्षा १ देखि ५ मा पढ्ने सातदेखि ११ वर्ष उमेर समुहका छन् ।















प्रतिक्रिया