३० आश्विन २०८३, शुक्रबार

बयर खान आरक्षमा गएका आठ बालिका बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bayarकञ्चनपुर, २३ मंसिर । बयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका आठ बालिका बेपत्ता भएका छन् ।

सोमबार दिउँसो २ बजे विद्यालयबाट घर फर्केका बालिका बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षको मालुवेला पोस्टबाट भित्र छिरेका थिए ।

बालिका घर फिर्ता नभएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन् ।

सोमबार रातिदेखि प्रहरी, स्थानीय बासिन्दा र आरक्ष कार्यालयका कर्मचारीले बालिकाको खोजी गरे पनि फेला पार्न नसकेको र आज बिहानसम्म खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आरक्षभित्र बाटो बिराएर बालिका बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बेपत्ता हुने बालिका कक्षा १ देखि ५ मा पढ्ने सातदेखि ११ वर्षसम्मका रहेका छन् ।