काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार सभ्य समाज निर्माणको बाधक भएकाले वर्तमान सरकारले मुलुकमा सुशासन प्रबद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सन्देश दिँदै उनले सरकारको नेतृत्व सम्हालेदेखि नै आफूले सुशासन प्रबद्र्धन गरी आमनागरिकलाई सहज तथा सुलभ तरिकाले छिटोछरितो राज्यले दिएका सेवा सुविधा प्रदान गर्न निर्देशन दिएको उल्लेख गरे ।
सन्देशमा प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारका विविध रुप र आयामलाई केलाउँदै तिनको कारक पहिल्याएर कार्यक्रम तर्जुमा गरी कार्यान्वयन नगरेसम्म भ्रष्टाचार निर्मूल पार्न कठिनाइ हुने बताएका छन् ।
कोइरालाले भ्रष्टाचारविरुद्धको राष्ट्रिय प्रतिबद्धता र अभियानलाई अझ बढी सशक्त ढङ्गले अघि बढाउन सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताए ।















प्रतिक्रिया