काठमाडौं, २३ मंसिर । भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टी भाजपाका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् ।
उनले कात्तिक २१ गते देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए ।
भाजपाका संगठन विभाग प्रमुख डा दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
छलफलका विषयबारे भने उनले विस्तृतमा बताउन चाहेनन् ।
भाजपा अध्यक्ष अमित शाह,बरिष्ठ नेता लालकृष्ण आडबाणीलगायतसित पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए ।
०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ ।
ज्ञानेन्द्र काठमाडौं फर्केपछि नेपाल आएका भाजपा नेता उपाध्याय र राष्ट्रिय स्वयंसेवक संघका नेता उपानन्द ब्रह्मचारीले उनलाई भेटेका थिए ।
उपाध्यायले नयाँदिल्ली र काठमाडौंमा पूर्वराजासँग लामो भेटवार्ता गरेका थिए ।
यसैबीच,पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि राजावादीहरु सक्रिय भएका छन् ।
भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको उनीहरुको बुझाइ छ ।
भ्रमणका क्रममा भारतीय नेताहरुसंग भएको कुराकानीबारे पूर्वराजाले निकटस्थहरुलाई विस्तृततमा जानकारी दिएका छैनन् ।















प्रतिक्रिया