काठमाडौं, २३ मंसिर । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा बाबुराम भट्टराई गत सातादेखि बेग्लै चर्चामा छन् ।
हिन्दु धार्मिक अनुष्ठानमा एकपछि अर्को गर्दै सहभागिता र आयोजनालाई लिएर।
मंसिर १८ गते झापाको कृष्णमन्दिरमा आयोजित भट्टराई वंशको कुलपूजामा सहभागी भएर आएलगत्तै उनी पिता भोजप्रसाद भट्टराईको ८४ पूजाको आयोजक बनेर गोरखाको पुख्र्यौली थलोमा पुगेका थिए।
जनयुद्धकालमा माओवादी कार्यकर्ताले किरिया बसेका व्यक्तिहरूलाई समेत सुराकीको आरोपमा आक्रमण गरेकाले धेरैको बुझाइमा एमाओवादी नेता धार्मिक आस्थाका दुस्मन हुन् भन्ने छ।
तर भट्टराईले बिल्कुल फरक धारणा व्यक्त गरेका छन्, विशेषतस् हिन्दु धर्मबारे।
उनी भन्छन्, हिन्दु धर्ममा कट्टरता छैन। मेरो धर्ममा आस्था छैन, ब्रह्माण्डको उत्पत्तिबारेको विज्ञानलाई मान्छु तर पनि धर्ममा अस्था राख्नेहरूप्रति मेरो अनास्था छैन।
उसो भए माक्र्सले भनेजस्तो तपाईंका लागि धर्म अफिम होइन त रु उनले भने, माक्सले पनि स्वार्थी शासकले धर्मलाई देखाएर जनतालाई लठ्याई कजाउन खोजेको अर्थमा अफिमको सन्दर्भ आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सबै धर्म अफिम होइन र म धर्मलाई अफिम हो भन्ने आवश्यकता पनि ठान्दिनँ।
उनले धार्मिक व्यक्तिहरूबीच सम्मान भाव दर्शाउँदै स्पष्ट पारे, व्यक्तिगत आस्था राख्नेको विरोध गर्नुपर्ने आचरण म चाहन्नँ, तर धर्मलाई अरूको शोषणको माध्यम बनाउनुचाहिँ हुन्न।















प्रतिक्रिया