२९ आश्विन २०८३, बिहिबार

एसपिए कप क्रिकेट माघमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket_ballकाठमाडौं, २२ मंसिर । सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालय मैदानमा प्रतियोगिता हुने संयोजक सुवास शाहीले जानकारी दिनुभयो ।

काठमाडाँैलगायत विभिन्न जिल्लाका १६ टोलीले  भाग लिने उक्त प्रतियोगितामा विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख पाउनेछ ।

यसैगरी प्रतियोगितामा म्यान अफ द सिरिज घोषित हुने खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उत्कृष्ट विदेशी खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक टोलीमा दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

त्यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि पाउने खेलाडीले क्रिकेट किट पाउनेछ भने प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने एक खेलाडीले पुरस्कार स्वरूप रु पाँच हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा विराटनगरको सिटी कलेज, भैरवाको न्यू होराइजन, नेपालगन्जको होलिल्यान्ड, कन्चनपुरको सनराइज, अछामको त्रिपुरा सुन्दरी, बैतडीको दशरथ चन्द, डडेलधुराको नमुना महेन्द्र उच्च मावी, अतरियाको दुर्गालक्ष्मी, टीकापुरको त्रिभवुन क्याम्पस, आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी, काठमाडौँको गोल्डेन गेट, पेन्टागन र सिसिआरसी कलेजलगायत टोलीले  प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।